arrow

माछापुच्छ्रे बैंकको चिरायू नेशनल अस्पतालसँग सम्झौता

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
mbl-chirayou.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोईराला तथा चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्मको छुट पाउनेछन्। बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।

चिरायू अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५५ स्थानबाट ग्राहकलाई  सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ