arrow

समस्या स्रोतको होइन, समस्या सोंचको हो : विनोद चौधरी 

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
binod-chaudhary-nawalparashi.jpg

नवलपरासी। चौधरी ग्रुपका अध्यक्ष एवं अर्बपति विनोद चौधरीले नेपाली युवालाई हिनताबोध त्यागेर श्रृजनशिल काममा जुट्न आव्हान गरेका छन्। केही गर्ने नयाँ सोंच र त्यसलाई पछयाउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए।

पूर्वी नवलपरासीको गैंडाकोटमा विहिबार नेपाल जेसिसद्वारा आयोजित युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा बेल्दै अर्बपति चौधरीले युवाहरुलाई उद्यशिलतामा जुट्न अभिप्रेरित गरेका हुन्।

आज विश्वका टप १०० अर्बपतिमध्ये ७३ जना अर्बपति ‘सेल्फ मेड’ हुन्। उनीहमध्येका ३६ जना गरिव परिवारमा जन्मिएका थिए। १८ जनासँग कलेजको डिग्रि छैन। उनीहरुमध्येका केहीले बाल्यकालमा अभिभावक गुमाएका थिए। उनीहरू आफ्नै सपना कार्यान्वयन गरेर अर्बपति बनेका हुन्। अर्बपति चौधरीले भने, 'तपाईँहरु उनीहरुकोभन्दा राम्रो अवस्थामा हुनुहुन्छ। लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सके नेपालमा धेरै अर्बपति जन्मिन कुनै गाह्रो कुरा होइन।' 

कार्यक्रममा नवलपरासी र चितवनका पाँच सयभन्दा बढि युवाहरु सहभागि थिए। यहाँका कलेज, गैरसरकारी सस्था र निजी क्षेत्रबाट युवाहरु चौधरीसँग अन्तक्र्रिया गर्न आएका थिए। सहभागीहरुसँग चौधरी आफ्नो सफलताको गाथाको पनि बेलिविस्तार लगाएका थिए।

‘केही गर्नु त हुन्थ्यो तर के गर्ने पैसै छैन’भनेर सोच्ने युवाहरूको संख्या अत्यधिक छ। समस्या स्रोतको होइन, समस्या सोंचको हो। चौधरले भने,  'समस्या आफुले के गर्न सक्छु भनेर थाहा पाउन नसक्ने आत्मविश्वास हो।' 

चौधरीले विश्वका चर्चित अर्बपति अमान्सियो ओर्टेगाको सफलताको कथा सुनाउदै भने, उनका बाबु रेलवे र रोडमा मजदुरको काम गर्थे। उनकी आमा सामान्य हाउस वाईफ थिइन्। परिवार गरिवीको चपेटामा थियो। परिवारको खर्च चलाउन गाह्रो भएपछि १३ बर्षको उमेरमा उनले एउटा कपडा पसलमा काम गरे। उनी अहिले विश्वविख्यात इन्डिटेक्स कम्पनीका मालिक छन्। विश्वभरका प्रमुख ७५०० शहरहरूमा उनका स्टोर्स छन्। म्याड्रिड, वार्सिलोना, लण्डन, सिकागो, मियामी, न्यूयोर्क लगायत शहरमा रियल स्टेट कारोबार फैलिएको छ। 

स्रोत छैन भन्दै टोलाएर बसेको भए के उनीहरूले यो उपलब्धी हासिल गर्न सम्भव थिएन भन्दै उनले भने तपाईहरूका बुवा किसान हुनुहोला। शिक्षक हुनुहोला। सानोतिनो व्यवसाय चलाइरहनु भएको होला। गाडी चालक हुनुहोला वा कोही वेरोजगार नै पनि हुनुहोला। तर म निश्चिन्तका साथ भन्न सक्छु तपाईहरूका बुबा अमान्सियो ओर्टेगाको बुबाभन्दा खराब हालतमा हुनुहुन्न। 

चौधरीले हिजो मात्रै सार्वजनिक भएको फोब्र्स लिस्टको चर्चा गर्दै भने २१ बर्षको उमेरमा केली जेनर सबैभन्दा कान्छि अर्बपति बनेकी छन्। उनी सेल्फ मेड अर्बपति हुन्। चौधरीले विश्वभर फैलिएको वाईवाई र आफ्नो होटल विजनेशका बारेमा पनि रोचक कथाहरु सुनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ