arrow

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
mbl-branch1.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशुली र टिमुरे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय, चैत्र २४ गते नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले गरे। त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर श्री सञ्जु पण्डितले गरे। टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत श्री पुण्यविक्रम खड्काले गरे।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ। बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ। 

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ