arrow

१६ प्रतिशत लाभांश वितरण गर्दै माछापुच्छ्रे बैंक

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
machha.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत नगद तथा ५ प्रतिशत बोनस शेयर गरि १६ प्रतिशत लाभांश वितरण गर्ने बताएको छ । 

बैंकको संचालक समितिले गत आर्थिक बर्ष  को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ । 

गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको बैंकले जनाएको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रूपैया सञ्चित रहेको छ।

माछापुच्छ्रे बैंकले देशभरका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि विभिन्न स्थानमा सेवा विस्तार गर्दै आएको दाबी गरेको छ । बैंकले आफ्ना हरेक शाखाहरु मार्फत कर्जा,निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ