arrow

माछापुच्छ्रे बैंकद्वारा १३ स्थानमा शाखा विस्तार

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
machha1.jpg

काठमाडौं। माछापुच्छ्रे बैंकले एकै पटक प्रदेश १ तथा २ का विभिन्न जिल्लाहरुमा गरि १३ स्थानमा शाखा कार्यालय विस्तार गरेको छ।

बैंकले प्रदेश नम्बर २ मा ९ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। जसमा बाराको सिमरा, कलैया र नीजगढ, सर्लाहीको हरिवन, मलंगवा र लालबन्दी, धनुषाको ढल्केबर, सिराहाको गोलबजार तथा सप्तरीको कन्चनरुपमा बैंकका शाखा कार्यालय रहेका छन्।

यस्तै प्रदेश १ मा ४ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। जसमा झापाको उर्लाबारी र सुरुङ्गा, उदयपुरको गाईघाट तथा  ताप्लेजुङ्गबजारमा बैंकका शाखा कार्यालय रहेका छन्।

सम्बन्धित स्थानीय निकायका जनप्रतिनिधि र बैंकका अध्यक्ष वीरेन्दप्रसाद महतोले ती शाखा कार्यालयको संयुक्त उद्घाटन गरेका हुन। यो सँगै बैंकका देशभर शाखा कार्यालयको संख्या १ सय ३६ पुगेको छ। साथै बैकले १ सय २१ शाखारहित बैकिङ्ग तथा १ सय ५७ वटा एटिएमबाट सेवा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ