arrow

माछापुच्छ्रेको ऋणपत्र समानुपातिक रुपले बाँडफाँड

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
machha1.jpg

काठमाडौं। माछापुच्छ्रे बैकले साउन ४ गते देखि जारि गरेको ३ अर्व वरावरको ऋणपत्र भाद्र १३ गते शुक्रबार समानुपातिक रुपले बाँडफाँड भएको बिज्ञप्ति मार्फत जनाएको छ। 

तीस लाख कित्ता ऋणपत्र आवेदन दिएका सबैलाई पर्ने गरी समानुपातिक ढंगले बाडिएको छ। ऋणपत्रले पूँजी बजारलाई बिकसित गर्न समारात्मक भूमिका निर्वाह गर्ने समेत जनाएको छ। साथै सो ऋणपत्र निकट भबिश्यमा नेपाल स्टक एक्सचेञ्च लिमिटेडमा सूचिकरण गरिने समेत जनाएको छ।

त्यसैगरी माछापुच्छ्रे बैकले हाल सम्म देशभर रहेका एक सय ३६ वटा शाखा र एक सय २१ वटा शाखा रहित बैकिङ सेवाको साथै एक सय ५८ वटा एटिएमबाट सेवा दिइरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ