- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालीको बडा चाड दशैंलाई लक्षित गर्दै आईएमईले 'आईएमई डबलको डबलको डबल अफर' ल्याएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त योजना सार्वजनिक गर्दै हरेक दिन आईएमई पेमार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड पोइन्ट, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल रकम, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्पर उपहारमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
योजना सार्वजनिक गर्ने क्रममा बोल्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने योजनामा आम सेवाग्राहीको अत्याधिक सहभागिता रहने गरेको स्मरण गर्दै यस पटक पनि सहभागिता उत्साहजनक रहने आशा व्यक्त गरे ।
योजनमा सहभागी हुनका लागि निम्न सेवा र सर्तहरू लागु हुने कम्पनीले जनाएको छ ।
१. योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी हुनेछन् ।
२. भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित 'लक्की ड्र' मार्फत गरिनेछ ।
३. आईएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आईएमईका व्यवसायीक साझेदार तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति उक्त योजनामा सहभागी हुन पाउने छैनन् ।
४. सेवाग्राहीहरुले आईएमईको एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा रहने आफन्तलाई पुरस्कार रकम प्रदान गरिनेछ ।
५. योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेव पेज, सामाजिक सञ्जाल, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार , क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।
यो योजना भाद्र १५ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ।