फ्रान्सले फेसबुकको क्रिप्टोकरेन्सी 'लिब्रा' माथि प्रतिबन्ध लगाउने
एएफपी,
प्रकाशित २०७६ भदौ २६ बिहिबार
967
Shares
पेरिस। फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो।
“म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,” फ्रान्सका अर्थमन्त्री ला मायरले भने।