- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा। नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) माछापुच्छ्रे बैंकको दोस्रो महाधिवेशनबाट विकास श्रेष्ठलाई पुन अध्यक्षतामा चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा वंशिधर घिमिरे, उपाध्यक्षमा शैलेश रायमाझी, गणेशराज जोशी, महासचिवमा विनोदनिधि तिवारी, सचिवमा दीपक श्रेष्ठ, सचिवमा तलाश श्रेष्ठ, सचिवमा दिपेश मैनाली, कोषाध्यक्षमा संगीता कुँवर, सहकोषाध्यक्षमा विनम खड्का चयन भएका छन् ।
समितिको सदस्यहरुमा मञ्जु सापकोटा, प्रेमबहादुर भण्डारी, करुण गौतम, धनराज श्रेष्ठ, सुमित्रा पौडेल, प्रिनुज सिग्देल, जगन्नाथ सिग्देल रहेका छन् ।
त्यसैगरी प्रदेश नं. १ को संयोजक मनोज चौहान, प्रदेश नंं २ को संयोजकमा मनिकलाल महतो, प्रदेश नं. ३ को संयोजकमा सञ्जय रानामगर, गण्डकी प्रदेश संयोजकमा ज्योति अधिकारी, प्रदेश नं. ५ को संयोजकमा लक्ष्मण रायमाझी, प्रदेश नं. ६ र ७ को संयोजकमा जयप्रसाद पाठक चयन भएका छन् ।