arrow

महराको ' फर्गेट यस्टर्डे ' मा के थियो महिलाको जवाफ?

पिडित महिलासँगको भिडियो संवादको दोस्रो भाग

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७६ असोज १४ मंगलबार
mahara-forget-yesterday.jpg

काठमाडौं। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरालाई दिएको भिडियो अन्तर्वार्ता दोस्रो भागमा दुई पक्षबीचको संवाद देखिएको छ। 

अहिलेसम्म सार्वजनिक नभएको यो भिडियो सोमबार हाम्राकुराले सार्वजनिक गरेको भिडियोको दोस्रो भाग हो। जुन भिडियोमा महरा र महिलाबीचको संवाद देख्न सकिन्छ। अन्तर्वार्ताका क्रममा भाइबरमा भएको संवादलाई महिलाले हाम्राकुरालाई देखाएकी थिइन। 

महिलाले महरासँगको संवाद मात्र देखाइनन उनले महराको छोरालाई उनका बाबुमाथि लगाएको आरोप सहितको मेसेज पनि देखाएकी थिइन। उनकै सहमतीमा उनीसँग रेकर्ड गरिएको भिडियोमा कुराकानी मात्र गरेकी छैनन उनले आफ्नो मोवाइलमा भएको संवादहरु पनि देखाएकी छिन्। भिडियो अन्तर्वार्ताका क्रममा ति महिलाले राजिनामा दिएका सभामुख महराले आइतवार साँँझ तिनकुनेस्थित उनको डेरामै आएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन।

भिडियो अन्तर्वार्ताको दोस्रो भाग

जवर्जस्ती करणीको गम्भीर आरोप लागेका सभामुख महराले ति महिलालाई आइतवार राती दश बजेतिर 'हाइ' भनेका थिए। त्यसको जवाफ नपाएका महराले विहान महिलालाई उठ्नुभयो भनेर फेरि मेसेज गरेका थिए। उनले अघिल्लो दिन भएको गल्तीको लागि माफि मागेका थिए। उनले हिजो अर्थात आइतवार रातीको घटना बिर्सिदिन भनेका थिए। महराले भाइबरमा लेखेका छन्, ' फर्गेट यस्टर्डे । आइएम भेरी सरी '। 

महराले पिडित महिलासँग कुरा गरिरहँदा उनकै नम्वरबाट पिडितलाई पटकपटक फोन गरि घटनालाई नउचाल्न दवाव दिएको भिडियो सोमवार नै हाम्राकुराले सार्वजनिक गरिसकेको छ। उनले यो घटनालाई सामान्य घटना भएको उल्लेख गर्दै मिडियामा नलैजान पनि दवाव दिएका थिए। उनले भाइवर म्यासेजमा पनि सोहि प्रकृतिको सन्देश पठाएको पिडितले हामीलाई देखाएकी थिइन।  

भिडियो अन्तर्वार्ताको पहिलो भाग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ