arrow

१६ प्रतिशत लाभांश वितरण गर्दै माछापुच्छ्रे बैंक

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
machha.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले १६ प्रतिशत लाभांस वितरण गर्ने  निर्णय गरेको  छ। हालै सम्पन्न २१औ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेको हो। बैंकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद र ५ प्रतिशत सेयर लाभांश वितरण गर्ने भएको हो। 

बैंकले गत आर्थिक वर्ष १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको जनाएको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैया सञ्चित रहेको छ ।

बैंकले देशभर १ सय ४० वटा शाखा, १ सय ३० शाखारहित बैकिङ्गमार्फत सेवा प्रदान गर्दै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ