arrow

कर्पोरेट सुपर सिक्स 'सिजन सिक्स'को प्रायोजक माछापुच्छ्रे बैंक

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
machh1.png

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्स 'सिजन सिक्स' को आयोजना हुने भएको छ । मंगलबार भएको एक पत्रकार सम्मेलनमा उक्त सम्झौता पत्रमा  माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा  र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका थिए।  उक्त सम्झौतापछि यो वर्षको कर्पोरेट सुपर सिक्स टुर्नामेन्टको नाम माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्स ‘सिजन सिक्स टुर्नामेन्ट रहने जनाइएको छ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथै खेलकुद प्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

बैंकले नेपालभर १ सय ४१ वटा शाखा, १ सय ३० शाखारहित बैकिङ सेवा तथा १ सय ६३  एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ