arrow

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस, चौथो बैठकमा लाग्यो टुंगो

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
Susila-Karki.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा बरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीशमा कार्कीको नाम सिफारिस गरेका हो । 
 
बैठकमा विपक्षी दलका नेता, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत सहभागि भए । सभामुख ओनसरी घर्तीमगर भने विरामी भएकाले बैठकमा उपस्थित हुन सकिनन् । विरामी समामुख घर्तीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो सुमेरु अस्पताल पुगेका थिए । कार्कीको नाम सिफारिस गर्न सभामुखले सहमति जनाएको जिकिर परिषद् सदस्यहरुको छ । यसअघि, बिहान बसेको बैठकले सभामुख नआएको भन्दै निर्णय गर्न सकेन । चौथो पटक बसेको बैठकले प्रधानन्यायाधीशबारे टुंगो लगाएको हो ।  
 
यस्तै परिषद्को पहिलो र दोस्रो बैठक प्रमुख विपक्षी कांग्रेस उपस्थित नभएपछि निर्णयविहिन भएको थियो ।  उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् । श्रेष्ठपछि बरिष्ठतम न्यायाधीश सुशीला कार्कीनै सो जिम्मेवारी पाउने लाइनमा थिइन् । 
 
नेपालको संविधानानुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ । कार्की संसदीय सुनुवाईपछि प्रधान्ययाधीश नियुक्त हुने छन् ।  कार्की अब नेपालको न्याय क्षेत्रको इतिहासमा प्रधानन्यायाधीश बन्ने पहिलो महिला बन्ने छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ