शिवाकोटीले दिइन् दृष्टिविहीन र सुस्तश्रवण भएका जेहेन्दार बालबालिकालाई छात्रवृत्ति
प्रकाशित २०७६ पुष ३ बिहिबार
854
Shares
दोलखा। कालिञ्चोक उच्च माध्यमिक विद्यालयको वार्षिकोत्सवमा दृष्टिविहिन र सुस्तश्रवण भएका जेहेन्दार वालवालिकाहरुलाई छात्रवृती प्रदान गरिएको छ।
राजेन्द्रलक्ष्मी खरेल शिवाकोटी दृष्टिविहिन र सुस्तश्रवण विद्यार्थी सशक्तीकरण अक्षय कोषले विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको हो।
जिल्ला शिक्षा कार्यालय दोलखाकी पूर्व स्रोत व्यक्ति र तथा शिक्षिका शिवाकोटीले २०७५ सालमा कोषको स्थापना गरेको अक्षय कोषको व्याजबाट यस बर्षदेखि छात्रवृत्ती प्रदान गर्न शुरु भएको हो।
कालिञ्चोक उच्च माध्यमिक विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरुलाई कोषकी अध्यक्ष राजेन्द्रलक्ष्मी शिवाकोटी, समाजसेवी श्यामप्रसाद शिवाकोटी र भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले संयुक्त रुपमा विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेका हुन्।
३ जना दृष्टिविहिन र ३ जना सुस्त श्रवण भएका जेहेन्दार विद्यार्थी गरि छ जनालाई जनही १ हजार ५ का दरले छात्रवृती प्रदान गरिएको हो।
२०७५ सालमा सेवा निवृत हुँदै गर्दा राजेन्द्रलक्ष्मी शिवाकोटीले १ लाख १ हजार राशिको अक्षय कोष खडा गरि सोबाट आउने व्याजबाट छात्रवृती प्रदान गर्ने घोषणा गरेकी थिइन।
शिवाकोटीले आगामी दिनमा अक्षयकोषको रकम बृद्धी गरि छात्रवृती पाउने विद्यार्थीको संख्या बढाइने बताएकी छिन्।