arrow

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट शनिबारदेखि, २३ टिम सहभागी

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
macha-puchchhre-bank-super-.jpg

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको छैटौं संस्करण शनिबारदेखि हुने भएको छ । 

आयोजक एसएस इभेन्टस् प्रालिले प्रतियोगिताको तयार पूरा भएको बताएको छ । प्रतियोगिताबारे बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले कीर्तिपुरको टियु क्रिकेट मैदानमा प्रतियोगिता हुने जनाएको छ । 

फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा २३ कर्पोरेट टिमको सहभागिता रहनेछ । 

५ ओभरको मात्र हुने खेलका सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् । 

प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउने छ ।

उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् ।

सेन्चुरी बैंक डिफेन्डिङ च्याम्पियन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ