arrow

क्रियाशिल पत्रकार महिला रामेछापद्वारा पत्रकार महासंघलाई प्रेस ज्याकेट

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार

रामेछाप । क्रियाशील पत्रकार रामेछाप (डब्लु डब्लु जे) रामेछापले नेपाल पत्रकार महासंघ रामेछापलाई ४० थान प्रेस ज्याकेट र माक्स हस्तान्तरण गरेको छ ।

लकडाउनका समयमा जोखिम मोलेर जिल्ला स्तरमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सुरक्षा सतर्कताको लागि सहज होस् भन्ने हेतुले प्रेस ज्याकेट उपलब्ध गराएको हो । 

वाइबा तथा लामा कन्स्ट्रक्सन प्रालि रामेछापको आर्थिक सहयोगमा ४० थान प्रेस ज्याकेट र मास्क क्रियाशील पत्रकार रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेललाई हस्तान्तरण गरेकी हुन् । 

कोरोना भाइरसको संक्रमणको डरले एक महिनादेखि भएको लकडाउनका कारण पत्रकारलाई समेत सुरक्षामा समस्या भएको छ । 

लकडाउनका समयमा पनि पत्रकार भने सुचना संकलन, समाचार प्रशारण तथा संप्रेषणको सिलसिलामा घरबाहिर निक्लिनु पर्ने हुन्छ । 

यस्तो समयमा पत्रकारको सुरक्षा खत्रामा हुने र अनाहकमा सुरक्षाकर्मिको हप्काई समेत खानु पर्ने भएकाले पत्रकारलाई सुरक्षा सतर्कतामा सजिलो बनाउनका लागि प्रेस ज्याकेट उपलब्ध गराइएको श्रेष्ठले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ