arrow

प्रदेश २ का पत्रकारका लागि मन्त्रीले दिए स्वास्थ्य समाग्री

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख १५ सोमबार
samagri.jpg

धनुषा । कोभिड १९ को उच्च जोखिममा रहेको प्रदेश २ का आठ जिल्लाका पत्रकारहरुका लागि समाजिक विकास मन्त्री नवल किशोर साहले नेपाल पत्रकार महासंघ प्रदेश कमिटीलाई सोमबार स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरका छन् ।

सोमबार प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेशका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराएका हुन।

प्रदेश दुईका आठ जिल्लाका पत्रकारहरुका लागि समाजिक विकास मन्त्री साहले पत्रकार महासंघ प्रदेश कमिटीका महिला उपाध्यक्ष गायत्री मिश्रलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका हुन् ।

मन्त्री साहले एक हजार थान मास्क, हजार जोड ग्लोब्स र ४० लिटर स्यानीटाईजर हस्तान्तरण गर्दै यस महामारीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारलाई आफ्नो सुरक्षासंगै जनतालाई सूचना प्रदान गर्दा संवेदनशील बन्न आग्रह समेत गरे।

त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले यस विपदको समयमा पनि जोखिम मोलेर कोरोना रोकथामका लागि जनतालाई सूसूचित बनाउने कार्यमा संलग्न पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए ।

सचिव घिमिरेले संचारकर्मीको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोभिड सम्वद्ध कार्यमा क्रियाशील रहने संचारकर्मीको मृत्यु भएमा निजको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसके को बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ