arrow

वस्तुगत तर्फ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
anjan-shrestha-hundai-fncci.jpg

काडमाडौं।  उद्योग वाणिज्य महाँसंघको वस्तुगत तर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन। वस्तुगत उपाध्यक्षमा निर्वाचित उनले ६२ मत पाउँदा उनका प्रतिस्पर्धि उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन। उमेशलाल वर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए भने पदमा रहँदा नै उनी २५ मतले पराजित बनेका हुन।

उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै उम्मेदवार तर्फकाट ७-७ जना निर्वाचित भएका छन। वस्तुगततर्फ निर्वाचित हुनेहरुमा प्रकाशमान सिंह कार्की, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, सकुनतला हिराचन, सुवोध गुप्ता र सन्दीप कुमार अग्रवाल छन।

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ