arrow

प्रदेश नं २ कांग्रेस महाधिवेशनः सरकार हाँक्ने पार्टी बनाउने लक्ष्यसहित महामन्त्रीमा उम्मेदवारी दिँदै सिंह  

logo
हाम्राकुरा संवाददता,
प्रकाशित २०७७ मंसिर २२ सोमबार
birendru-kumar-singh.jpg

सर्लाही । प्रदेश नं २ मा पछिल्लो डेढ दशक यता राजनीतिमा ठूलै उथल पुथलभएको छ । यहाँ २०६३–०६४ देखि ०६५ सम्म दुई पटक ठूलै राजनीतिक क्रान्ति भयो । संघियता कार्यान्वयनमा आयो ।  मधेशवादी दलको सरकारसमेत बन्यो । ब्यवस्था बदलियो विवस्था ज्यूँ का त्यूँ रह्यो । 

यहाँका जनताले आफैंले एउटा शक्तिको निर्माण गरे तर भनेजस्तो उपलब्धि हासिल गर्न सकेनन् । उनीहरु पुरानै अवस्थामा गुज्रिरहेका छन् । अहिले पनि मधेशमा विभिन्न प्रथा कायमै छन् । यसरी हेर्दा प्रदेश सरकारले खासै केही गर्न सकेन भन्दा फरक नर्ला ।

चुनावका बेला विभिन्न दलमा रहेको मधेशवादी शक्ति अहिले एकीकृत त  भएको छ । तर जनस्तरमा यसको आकर्षण घट्न थालेको छ । 

उदाहरणको रुमा सर्लाही क्षेत्रको नं ४ मा दैनिकजसो मधेशको शक्तिको रुपमा मानिएको जनता समाजवादी दल परित्यागको श्रृंखलालाई लिन सकिन्छ । गएको स्थानीय तहको निर्वाचनमा सर्लाही क्षेत्र नं ४ का ७ स्थानीय तहमध्ये  ४ स्थानीय तहमा मात्र जित निकालेको नेपाली काँग्रेसमा यतिखेर जनताको आकर्षण किन बढ्यो त ? चसोको विषय बन्न सक्छ । कारण एउटै हो यहाँको नेतृत्वले गरेको जनसेवा र जन सेवकामा रुपमा रहेको नेतृत्व । 

हुनत जनताले पत्याएका सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित प्रदेश सांसद बिरेन्द्रु कुमार सिंहलाई नेपाली काँग्रेसले पनि पत्याएको नै देखिन्छ । नेपाली कांग्रेसले पत्याएरै हुनु पर्छ जुझारु तथा प्रभावशाली नेताको सूचिमा आफुलाई स्थापित गरिसकेका सांसद सिंहले प्रदेश नं २ को कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिको जिम्मेवारी पाएका छन् । 

जनता अनि काँग्रेस स्वयंले पत्याएका सिंह यतिखेर नेपाली कांग्रेसको प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने मनसायका साथ अघि बढेका छन् । महाधिवेशन नजिकिँदै गरेको संकेतको रुपमा रहेको कृयाशील सदस्यता वितरण प्रकृया अघि बढ्दै गर्दा उम्मेदवारी दिने सांसद सिंहको मनासायलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई सम्पूर्ण नेपालीको आशा र भरोसाको पार्टी बनाउन शीर्ष व्यक्तित्वको अनुभव र युवाको उर्जाको आवश्यकता अपरिहार्य रहेकाले आफूले उम्मेदवारी दिने मनसाय राखेको प्रदेश सांसद सिंहको भानाई छ ।

प्रदेश नं २ मा नेपाली कांग्रेसलाई सबै वर्गको साझा र अपनत्व महसुस हुने पार्टी बनाउन आफ्नो उर्जा र प्रतिभालाई पार्टीको संगठन विस्तार र जनताको विश्वास र भरोसा पार्टीप्रति स्थापित गर्दै आउँदो चुनावमा प्रदेश नं २ मा नेपाली कांग्रेस नेतृत्वको सरकार बनाई यस प्रदेशमा अशान्ति, भ्रष्टाचार र अशिक्षालाई विस्थापित गर्दै पूर्ण रुपमा यहाँको जनतालाई शान्तिसुरक्षा को प्रत्याभूति दिलाउँदै समृद्ध, शिक्षित र विकसित प्रदेशको कल्पना गर्दै आफूले नेपाली कांग्रेसको प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने मनसाय बनाएको सिंहले बताए । 

कृयाशील सदस्यता वितरण प्रकृयासंगै महाधिवेशन नजिकिँदै गएको संकेत बुझेर आफूले उम्मेदवारी सम्बन्धमा सल्लाह सुझाव गरिरहेको प्रदेश नं २ का कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति तथा नेपाली कांग्रेसका युवा नेता प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ