arrow

इलाम नगरपालिकाले नगरवासीप्रति धोका र गद्दारी गरेको भन्दै इलाम कांग्रेसको विरोध

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
illam-congress-1.jpg

इलाम । इलाम नगरपालिकाले नगरवासीप्रति धोका र गद्दारी गरेको भन्दै नेपाली कांग्रेस इलामले विज्ञप्ती जारी गरी बिरोध जनाएको छ । 

नगरपालिकाले एउटै मात्र वडामा आफुलाई सिमित गर्दै ठुल्ठुला संरचनाहरु दीर्घकालिन प्रतिकुल असर पार्ने ढगङ्बाट निर्माण थालेको भन्दै रोष प्रकट गरेको हो ।
नगरक्षेत्रका आम स्थानियवासी , सरोकारवाला नागरिक सञ्चार माध्यम आदिमा व्यापक चिन्ता र चासो व्यक्त भइरहदाँ पनि ऐतिहासिक तथा वातावरणीय प्रभावलाई वेअवस्था गरेको प्रति नेपाली कांग्रेस इलामको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा जनाइएको छ ।

बसपार्क सञ्चालनमा ल्याउनुको साटो नगरको ढिकुटीको दुरुपयोग र चरम दोहन व्यक्तिको स्वार्थ र अभिष्ट पूर्ति गर्ने  गरी इलाम नगरपालिकाले नगरवासिप्रति धोका र गद्दारी गरेको नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्माचार्यले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

नगरपालिकाले निर्माण गरेका व्यपारिक भवनहरुका सटरहरु भाडामा लाउने क्रममा बिना प्रकृया अपारदर्शी नीति अख्तियार गरी आसेपासे र कार्यकर्ता पोच्ने काम भइरहेको समेत जनाइएको छ । 

बर्षौ देखि सटरमा व्यवसाय गर्दै आएका असहाय महिला र साना व्यापारिहरुलाई बञ्चित गरिएको व्यापक गुनासो आएको हुँदा यस्ता हर्कत सच्याउन र सच्चिन नगर पदाधिकारिहरुलाई चेतावनी समेत दिइएको छ ।

साथै 'समय शैक्षिक क्षेत्रका साथै महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नगरपालिकाबाट भइरहेको अनधिकृत हस्तक्षेपलाई पनि नेपाली काग्रेसले सूक्ष्म ढङ्गले नियालिरहेको छ, ' विज्ञप्तिमा उल्लेख छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ