arrow

रामेछापका ५१ नेकपा कार्यकर्ताले छोडे पार्टी, पौडेलले भित्र्याए कांग्रेसमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ९ बिहिबार
congress-pravesh-pradip.gif

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुढाथोकीको नेतृत्वमा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सभापति लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिए । 

नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम आयोजना भएको थियो । पार्टी प्रवेश गर्नेहरुमा रोशन बुढाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेम बहादुर कार्की, तुला बहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहन कुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदम बहादुर मोक्तान, पासाङ लामा, मोति घिसिङ, शन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोज बहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योञ्जन, सुरेन्द्र पण्डित, गणेश पण्डित, राज कुमार थामी, रबिन मोक्तान, अम्बर मगर, मीन मगर, दम्बर मगर, मीन बहादुर मगर, प्रदीप मगर, मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसी लगायत ५१ जना रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ