arrow

अप्रिल अन्त्यसम्म नेपालमा खोप आउनसक्ने !

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
vaccine-chinese.jpg

काठमाडौँ ।  हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति  दिइसकेको अवस्था छ ।

 विभिन्न  मुलुकमा तीव्र  रूपमा  खोप वितरण समेत जारी छ  । गैरआवासीय नेपाली संघ स्वास्थ्यसमितिका स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी  अपनाउन  जरुरी  रहेको भन्दै  समितिले  अझै ढुक्क हुने अवस्था  भने नरहेको  जनाएको छ ।

बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकीमूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ । भारतसहित बेलायत, युरोपेलि मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास  गर्ने नेपालीलाई  पनि सचेत रहन समितिले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ