arrow

नेकपा जोगाउने प्रयास

रसुवा नाकाबाट भित्रिएको ५ जनाको चिनियाँ टोली काठमाडौंमा अझै सक्रिय

ओली र प्रचण्ड-नेपाललाई मिलाउन चिनियाँ प्रयास, वामदेब सहयोगी भूमिकामा 

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
xi-jinping-china-brics.jpg

काठमाडौं। औपचारीक फुटको चरणमा पुग्नुअघीको नेकपालाई मिलाउने प्रयासमा चीनले प्रयास जारी राखेको अन्तराष्ट्रिय समाचार माध्यममा समाचार आइरहँदा चिनियाँ कम्युनिष्ट पार्टीका ५ जनाको टोली नेकपा मिलाउने अन्तिम प्रयासमा जुटेको तथ्य हाम्राकुराले फेला पारेको छ । उच्च सुरक्षा स्रोतका अनुसार नेकपाका विवाद मिलाइ नेकपालाई एक बनाउन दुई पटक गरि नेपाल आएको ५ जनाको चिनियाँ टोली सक्रिय भएर काम गरिरहेको छ । 

कतिपय भारतीय पत्रिकाले चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालको राजनीतिक कोर्षलाई प्रभावित पार्ने गरि ३ सदस्यीय टोली नेपालमै राखेको बताए पनि सो टोली ५ जनाको रहेको सुरक्षा स्रोतको दावी छ । नेपाल आएको चिनियाँ टोली डिसेम्बर महिनामा दुई अलगअलग दिनमा नेपाल आएका अध्यागमनको रेकर्डमा पाइएको छ। 

नेपालमा रहेका ति ५ जनाको चिनियाँ टोली रसुवा हुँदै काठमाडौंमा उत्रिएको पाइएको हो । ५ जनामध्ये युकुन लाई,  डोङमे ह्वाङ र योग्लिन झोङ डिसेम्बर पहिलो साता रसुवा नाका हुँदै काठमाडौं आइपुगेका थिए । हेयान सुन र बोजान लियान भने डिसेम्बर २६ मा रसुवा हुँदै काठमाडौं झरेका थिए । उनीहरु सबैले कुटनीतिक पासपोर्ट प्रयोग नगरि साधारण पासपोर्ट नै प्रयोग गरेर नेपाल आएका थिए । यिनै ५ जना अहिले हालै ४ दिने नेपाल भ्रमण सकाएर गएका यचौंको टोलीले शुरु गरेको कामलाई मिलाउने जिम्मा लिएर काममा खटिएको स्रोतको दावी छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको नेकपा औपचारीक रुपमा फुट्नु अघी नै मिलाउने प्रयासमा नेकपाको कुनै पनि गुटमा नदेखिएका नेता वामदेब गौतम लागिपरेका छन् । यसका लागि गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रचण्डहरुसँग पनि भेट शुरु गरिसकेका छन् । उनी अहिले कुनै गुटमा सहभागी नभइ पार्टी मिलाउने अभियानमा जुटेको उनी निकटहरु बताउँछन् । अभियानमा केन्द्रीय नेताहरुको त्यति साथ नभएपनि जिल्ला तहका नेता कार्यकर्ताहरु जोडिने अनुमान गौतमले गरेका छन्।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ