arrow

सुनसरीका ९ पत्रकारलाई कोरोना बीमाको रकम हस्तान्तरण 

धरान प्रेस युनियनको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन 

logo
प्रकाशित २०७७ पुष २० सोमबार
press-union-dharan.jpg

धरान। पत्रकारिता  क्षेत्रमा सकृय भइ कार्यरत रहेका सुनसरीका ९ जना पत्रकारहरलाइ सोमबार कोरोना बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । दोस्रो चरणको कोरोना बीमा वापतको जनही एक एक लाख रुपैयाँ प्रेस युनियन सुनसरीले एक कार्यक्रम गरी वितरण गरेको हो ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गतको रकम कोरोना संक्रमण भई निको भएकाहरूलाइ वितरण गरिएको हो । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार पत्रकारहरु निर्मल कार्की, सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सीना, कृष्ण प्रसाद अधिकारी, शिशिर राई, संजीता धमला र गोपाल कामतलाई जनही एक लाख रुपियाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

बिमा व्यवस्थापन समिती संयोजक एवं प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी सहित पुर्व अध्यक्षहरु गणेश निरौला धरानका अग्रज पत्रकार हर्ष सुब्बाले प्रेस युनियनले  गरेको कार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

धरान प्रेस युनियनको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन 
नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् । धरानमा भएको युनियनको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए। यसैगरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा  बसन्त राई र सदस्यमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमला चयन भएका छन् । भेलाले निर्वतमान अध्यक्ष शुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागी सिफारिस गरेको छ । भेलाले तिन सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । निर्वतमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय  प्रधानलाई सल्लाहकारमा चयन गरेको हो ।

भेलामा बरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी, गणेश निरौला, वर्तमान अध्यक्ष पवन अधिकारी लगायत युनियनका पदाधिकारीहरुको उपस्थlती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ