- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रहरीले विषेश सूचनाका आधारमा नागढुंगाबाट सोमबार विहानै १ करोड ४७ लाख ५६ हजार रुपैंयाँ बरामद गर्यो ।
एक नीजि कारबाट कपिलवस्तु हुँदै भारतीय नागरिकले सो रकम ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी टोलीले कारलाई जेकजाँच गर्दा सो रकम भेटेको थियो ।
कारको डिक्की, स्पेयर टायरमुनि र विभिन्न भागमा योजना बनाएरै लुकाएर ल्याइएको सो रकम भेटेपछि प्रहरीले त्यसको कनेक्सन खोज्न थाल्यो । तर सोमबार साँझसम्म कनेक्सन फेला नपारेपछि प्रहरीले रकमको स्रोत र प्रयोजन के हो भन्नेबारे थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मेवारी दिएको छ ।
सोमबार विहानै कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०१ ०२३ च २२५९ नम्बरको नीजि कारबाट भारतीय नागरिकले ल्याउँदै गरेको करिब डेढ करोड नेपाली रुपैयाँ प्रहरीले चेकजाँचका क्रममा बरामद गरेको थियो ।
पक्राउ पर्नेमा भारत गोरखपुरका अमितकुमार गुप्ता र कार चालक संगम थारु छन । थारु कपिलवस्तु बाडगंगा निवासी हुन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बरामद रकम र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पत्रकार सम्मेलनमार्फत दिए ।
रकमको स्रोत के हो र प्रयोजन के हो प्रष्ट खुलेन, त्यसपछि थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मेवारी दिएका छौं,’ एसएसपी सिंहले पत्रकारसम्मेलनमा भने ।
उनले सो रकम हुण्डी, सुन कारोबार वा अपराधिक अन्य क्रियाकलापमा प्रयोग गर्न ल्याइएको हुन सक्ने आशंका व्यक्त गरे । वास्तविकता भने थप अनुसन्धानबाट खुल्ने उनको भनाइ छ ।