arrow

ओलीको नेकपाका विद्यार्थीहरुको झापामा शक्ति प्रदर्शन

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ पुष २२ बुधबार
oli-ncp-students.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा समर्थित अनेरास्ववियूले झापा जिल्लाको  विर्तामोडमा शक्ति प्रदर्शनसहित जिल्ला भेला गरेको छ । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट विर्तामोड पुगेका विद्यार्थीहरुसहित पार्टीका तथा नेता कार्यकर्ताहरुले मुक्ति चोकमा प्रदर्शन गरेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपा कार्यकर्ताहरुलाई जवाफ दिएका हुन् ।                             

उनीहरुले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी भित्रको अन्तरविरोधका कारण चालेको संसद विघटनको कदमलाई स्वागत सहित ओलीको पक्षमा नाराबाजी गर्दै सडकमा उत्रिएका थिए  ।         

भेलालाई अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले सम्बोधन गर्दै आफूले नेतृत्व गरेको संगठन नै नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह भएको जिकिर गर्दै अनरोस्ववियूले वर्षौंअघि टायर बाल्ने, चक्काजाम गर्ने, बन्द अवरोध गर्ने लगायत सडक आन्दोलन त्यागेको बताए ।   

भेलालाई संगठनकी केन्द्रीय उपाध्यक्ष सुनिता बराल, नेकपा झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, विद्यार्थी नेताहरु कल्पना वाइवा, डम्बर अधिकारी, मनोज ताम्ली लगायतले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ