arrow

बाँकेमा सडकभरी पानी झार्दै गुडेका ५० टिपर कारबाहीमा

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष २५ शनिबार
tiper4.jpg

नेपालगन्ज। बाँके जिल्लामा शनिबार ५० वटा टिपरहरु कारबाहीमा परेका छन्। नदिजन्य पदार्थ बालुवा र ग्राभेल बोकेर टिपरले बाटोभरी जथाभावी पानी झार्दै  गुडेका कारण ५० टिपरलाई कारबाही गरिएको हो। राजमार्ग भर पानी झार्दै  गुडेका कारण ५० टिपरलाई जनही १५०० रुपैयाँका दरले जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।

पैदल यात्रु र सवारी साधनलाई समेत गाह्रो बनाउदै पानी झारेर  सडकको बिजोक अवस्था हुँदै गर्दा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ आफै सडकमा निस्केर त्यस्ता पानी झार्दै गुडेका टिपरलाई कारबाही गरेका हुन्।

प्रजिअ कुरुम्बाङको कारबाही अभियानलाई  बाँके ट्राफिकले सहकार्य गरेको थियो। टिपर कारबाही दौरानमा बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारी समेत सडकमै बसेर टिपरलाई कारबाही गरेका छन्। यस्तै अब पनी नदिजन्य पदार्थ बोक्दा पानी झार्दै गुडेमा मुद्दा नै दायर गर्ने बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ट्राफिक प्रहरी मुख्य राजमार्गमा मात्र नभएर अब गाउँ गाउँमा समेत गएर कारबाही गर्ने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ