arrow

अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइते चारमध्ये दुई गम्भीर 

logo
प्रकाश बम, 
प्रकाशित २०७७ पुष २९ बुधबार
accident-final.jpeg

डोटी । डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका – ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । 

७ जना सवारी बोकेर शिखर नगरपालिका – १० बानेडुग्रीसैनबाट दिपायल आउँदै गरेको अटो बुधबार राति दुर्घटना भएको हो । घाइते चार जनामध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ । बाँकी दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । अटोमा सवार दुई जना भने सकुसल छन् ।

जिल्ला प्रहरी कार्यालय दिपायलका अनुसार शिखर नगरपालिका–३ का ५३ वर्षीय पदम जोराको घटनास्थलमै निधन भएको हो ।

घाइते हुनेमा शिखर नगरपालिका–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दिपक जोरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ