arrow

टेस्लाका १ लाख ५८ हजार कारमा सुरक्षा कमजोरी देखिएपछि फिर्ता

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
Tesla-s.jpg

काठमाडौं । सुरक्षा कमजोरी देखिएपछि अमेरिकी राष्ट्रिय राजमार्ग सुरक्षा प्रशासनले १ लाख ५८ हजार कारलाई सम्पर्क गर्न टेस्लालाई आग्रह गरेको छ ।केन्द्रिय नियामकका अनुसार कारको ‘डिजिटल डिस्प्ले’मा, ब्याकअप क्यामरा (गाडीको पछाडि देखिने), डिफोगिंग (गाडीको अगाडिको सीसा सफा गर्ने), र ध्वानी चीम (लेन क्रश गर्दा आवाजसहित बल्ने बत्ती)मा सुरक्षा समस्या देखिएको हो ।

यी सबै कुरालाई नियन्त्रण गर्न मिडिया कन्ट्रोल युनिट (एमसीयु)मा समस्या भएको हो ।यो समस्या सन् २०१२ देखि सन् २०१८ सम्म निर्मीत ‘मोडेल—एस सेडन्स’ र सन् २०१६ देखि सन् २०१८ सम्म निर्मीत ‘मोडेल–एक्स सुभ्स’ कारहरुमा देखिएको हो ।

यो समस्या कारको फ्ल्यास ड्राइभमा रहेको मेमोरी क्षमता फुल भएपछि देखिएको पुष्टि भएको छ ।यसको समाधान भनेको सोही मेमोरी क्षमताका लागि हार्ड ड्राइभ फेर्नु पर्ने बताइएको छ ।

टेस्लाले ‘नेशनल हाइवे ट्राफिक सेफ्टिी एडमिनिस्ट्रेसन’लाई एक रिपोर्ट दिँदै सन् २०२८ सम्म मेमोरी स्टोरेजका कारण यस्तो समस्या देखिने र सन् २०२२ मा सबैभन्दा धेरै कारमा यस्तो समस्या देखिने बताएको छ ।

सन् २०२२ देखि यो समस्या कम हुँदै जाने र सन् २०२८ देखि पूर्णरुपमा समाधान हुने टेस्लाको उक्त रिपोर्टमा उल्लेख छ ।

नेभिडियाको टेग्रा–थ्रि प्रासेसरबाट दिइएको यो मेमोरी क्षमता ८ जिबिको दिइएको छ । गाडी सुरु हुनेबेलादेखि बन्द हुनेबेलासम्म यो मेमोरी प्रयोग हुन्छ ।

यसअनुसार यो मेमोरीको क्षमता ५ देखि ६ वर्षलाई मात्रै पुग्ने देखिएको हो । त्यसपछि यसलाई फेर्नु पर्ने या पहिलाको प्रोग्रामहरु डिलिट गर्नुपर्ने हुनेछ ।

मेमोरी फुल भएका कारको डिजिटल डिस्प्लेमा पछाडिको भाग नदेखिने, गाडीकोअ गाडिको सीसा सफा गर्न समस्या हुने, लेन क्रश गर्दा आवाज सहित बल्ने चीममा समस्या हुने देखिएको हो ।

यसबाट दुर्घटना हुने सम्भावना भएका कारण अमेरिकी ट्राफिक नियामकले सबै कार धनी र डिलरहरुलाई सम्पर्क राखेर समस्या सामाधान गर्न आग्रह गरेको हो ।

टेस्लाले यो समस्या समाधान भइरहेको अर्थात मेमोरी थप्ने घटनाउने काम भइरहेको एक रिपोर्ट नियामकलाई दिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ