arrow

कोरोना भाइरसः फाइजरको भ्याक्सिनले कम्तीमा २९ को गयो ज्यान

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
corona-vaccine1.jpg

काठमाडौं । कोरोना भाइरस विरुद्धको अभियानमा महत्वपूर्ण मानिएको कोरोना भ्याक्सिनबाटै मानिसहरुको ज्यान जान थालेपछि यतिबेला संकट थप चुलिएको छ । नर्वेमा फाइजरको भ्याक्सिन लगाएर अहिलेसम्म कम्तीमा २९ जनाको ज्यान गएको छ । 

योसँगै भ्याक्सिनमाथि नै प्रश्न उठ्न थालेको छ । पछिल्लो पटक नर्वेमा भ्याक्सिन लगाएका ६ जनाको ज्यान गएसँगै अहिलेसम्म नर्वेमा मात्र ज्यान गुमाउनेको संख्या २९ पुगेको हो । 

भ्याक्सिनका कारण धेरै जसो वृद्धवृद्धाको ज्यान गएको छ । उनीहरुको उमेर ७५ लेखि ८० वर्ष रहेको बताइएको छ । यो स्पट बताइएको छैन कि यो भ्याक्सिन लगाउँदा यो कोरोना भाइरसलाई रोक्न सक्षम थियो कि थिएन । 

नर्वेमा लगभग ४२ हजार जनालाई फाइजरको कमसे कम एक डोज भ्याक्सिन दिइएको छ । यो भ्याक्सिन वृद्धवृद्धासहित अन्य मानिसहरुलाई पनि खतरनाक मानिएको छ । 

नर्वे मेडिसिन एजेन्सीले ब्लुमबर्गलाई एक लिखित जवाफ दिँदै शुक्रबारसम्म सिर्फ बाफइजर र बायो एनटेक एसईबाट उत्पादित भ्याक्सिन नेर्वेमा उपलब्ध भएको र सबै मृत्यु यही भ्याक्सिनबाटै भएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ