- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इलाममा नेकपा प्रचण्ड-माधव समूहको भेलामा गाउँपालिका अध्यक्षले उर्दी जारी गरेर शिक्षक-शिक्षिकालाई विद्यालय पोशाकमै भेलामा उतारेका छन् ।
शिक्षक आचार संहितालाई बेवास्ता गर्दै उनीहरु राजनीतिक कार्यक्रममा सहभागी भएका हुन । भेलामा सहभागी एक पत्रकारका अनुसार माइजोगमाइ गाउँपालिकाको नयाँबजारमा भएको भेलामा सरकारी बिद्यालयका शिक्षकहरु पोशाकमा नै सहभागी थिए ।
माइजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईको आदेशमा शिक्षकहरुले भेलामा पुगेको प्रतिक्रिया दिएका छन् । पठनपाठन अवरुद्ध पारेर राजनीतिक दलको कार्यक्रममा शिक्षकहरु सहभागी भएपछि सामाजिक अगुवाहरुले आपत्ति प्रकट गरेका छन् । अध्यक्ष राई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निकट मानिन्छन् ।
ज्ञानोदय माबि जोगमाइ, अमरकल्याण माबि नयाँबजार, शिवमाई माविका शिक्षकहरु विद्यालयमा संचालित परीक्षा छाडेर लाइन लागेर भेलामा पुगेका हुन । नयाँबजारको पाँचथर होटलमा सोमबार सम्पन्न भेलामा शिक्षकहरुले सहभागिता जनाएका हुन ।
पार्टीको शिक्षक संगठनका तर्फबाट सहभागिता जनाउन गाउँपालिका अध्यक्षले नै उर्दी जारी गरेपछि पोशाकमा सजिएका शिक्षक-शिक्षिकाहरु कार्यक्रममा पुगेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विभाजित छ । विभाजित नेताहरुले देशको तल्लो स्तरसम्म दिनहुँ भेलाहरु आयोजना गरिरहेका छन् ।