arrow

लागुपदार्थ ओसारपसारमा बालबालिकाको प्रयोग 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ माघ ६ मंगलबार
lagu-padartha1.jpg

झापा । पछिल्लो समय झापामा लागुऔषध ओसारसारमा कलिला बालबालिकाहरु प्रयोग हुन थालेको पाइएको छ । लागुऔषधसहित इलाका  प्रहरी कार्यालय काँकरभिट्टाले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । लागुपदार्थ ओसार पसारमा दमक ५ बस्ने रमेश राजवंशीलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

मेचीनगर ६ स्थित गैरीगाउँबाट चेकजाँचका क्रममा राजवंशीको साथबाट ९० सीसी लागुऔषध बरामत गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छ्न् । चेकजाँच गर्ने क्रममा राजवंशीले लगाएको ज्याकेटबाट लुपिजेसिक ३० सीसी, डाइजोपिन ३० सीसी र प्रोमोथाइजिन ३० सीसी गरी जम्मा ९० सीसी लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 

राजवंशीलाई तत्कालै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट म्याद थप गरी कानूनी प्रकृया अगाडि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ