arrow

बारेकोटमा शहिद सप्ताहको तयारी तीव्र

logo
लोकेन्द्र विश्वकर्मा,
प्रकाशित २०७७ माघ ७ बुधबार
barkot.JPG

जाजरकोट । हरेक बर्ष माघ १० देखी १६ गतेसम्म शहिदको सम्झनामा देशभर बिभिन्न कार्यक्रम गरेर शहिद सप्ताह मनाउने गरिन्छ । यसै क्रममा जाजरकोटको बारेकोट गाउँपालिकामा पनि बिभिन्न कार्यक्रम गरेर शहिद सप्ताह मनाइने भएको छ । बारेकोटमा यसबर्षको शहिद सप्ताह दीपेन्द्र मावि पहाडामुल्सामले मनाउने तयारी गरेको छ ।

शहिद सप्ताहमा माध्यामिकतहसम्मका बिद्यालयको शिक्षक, बिद्यार्थी, भलिबल प्रतियोगिता हुने भएको छ । यस्तै हाजिरीजवाफ, लङजम्प, हाइजम्प, लोकनृत्य प्रतियोगिता समेत हुने दीपेन्द्र माविका निमित्त प्रधानाध्यापक दिर्घराज रोकायले जानकारी गराए ।

  शहिद सप्ताह बारेकोटमा मात्र होइन, देशका बिभिन्न पालिकाहरुमा जहानियाँ राणा शासनको बिरुद्धमा लड्दालड्दै आफनो ज्यानको बदिदान दिन पुगेका शहिदहरुका सम्झनामा मनाउने गरिन्छ ।

नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाका विरुद्ध प्रचार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर थापाको हत्या गरिदिएका थिए ।

नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर हत्या गरिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

जनताको अधिकारको लागि ज्यानको बलिदान दिन पुगेका महानशहिदको सम्झनामा माघ १० देखि १६ गतेसम्म बिभिन्न कार्यक्रम गरेर शहिद सप्ताह मनाउने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ