arrow

जाँडरक्सी पिएर धम्की, बारेकोटमा मातेका शिक्षकको दादागिरी

कारबाही गर्छु - शिक्षा अधिकृत

logo
लोकेन्द्र विश्वकर्मा,
प्रकाशित २०७७ माघ ८ बिहिबार
dirgharaj-rokaya.jpg

खलंगा । गएको पुस महिनाको २० गते सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मा अवस्थित पहाडामुल्सामको दीपेन्द्र माध्यामिक विद्यालययमा कार्यरत शिक्षक दीर्घराज रोकायले जाँडरक्सी सेवन गरि विद्यार्थी र स्थानीय शिक्षकमाथि धम्की दिए । बाटोघाटोमै शिक्षक रोकायले मदिरा सेवन गरेर विद्यार्थी र विद्यालययका केहि शिक्षकलाई मार्ने सम्मको धम्की दिए ।
 
विद्यार्थी केही स्थानीयहरु घरजाने बाटो तर्फ लागे तर शिक्षक रोकायले बोलाउदै विद्यार्थी र स्थानीयमाथि बिभेदपुर्ण असभ्य शब्दहरु प्रयोग गरे । त्यस्ता शब्दहरु प्रयोग गरे जुन यो समाजमा सुन्न लायक छैन्न ।  स्थानीयका अनुसार, बिभेदपुर्ण धम्की दिएको कुराहरु केहि विद्यार्थीहरुले अडियो रेकर्ड समेत गर्न पुगे । भोलिपल्ट २१ गतेको दिन मंगलबार परेको थियो । पुसको कठ्याग्रिदो चिसोमै विद्यार्थीहरु विद्यालयय पुगे । यसैपनि बारेकोटको मुल्साम भनेपछि दिनमा पनि कहिले काँही मात्र घाम देखापर्छ । बिहानको त्यो समयमा विद्यार्थीहरु सबै विद्यालययमा पुगेर लाइनमा उभिए ।

यसैक्रमा, शिक्षक रोकाय आएर भने, हिजो मेरो रक्सी खाएको अडियो रेकर्ड गर्ने कोहो भन्दै गर्जिए । त्यसपछि विद्यार्थी गणेश नेपाली, प्रकाश नेपाली, सपना शाही रमिता सिंह लगायतका विद्यार्थीहरु लाइन भन्दा अगाडि गए । ती विद्यार्थीहरुलाई शिक्षक रोकायले निकै कुटपिट गरे । कुटपिट पनि बिभेद पुर्णढङ्गले गरे । अरुलाई थोरै पिटे दलित विद्यार्थीहरुलाई धेरै कुटपिट गर्न पुगे । अरु शिक्षकहरु टुलुटुलु हेरीरहेका थिए । उनले विद्यालययमा कुटपिट गरिसके पछि- स्थानीयका अनुसार त्यतिबेला विद्यार्थीहरुको बोल्ने अबस्था थिएन । विद्यार्थी घर फर्किए ।

फेरी शिक्षक रोकायले बेलुकापख मदिरा सेवन गरेर स्थानीयको घरमा गएर तिमीहरु दलितका छोराछोरीहरु धेरै ठुलाकुरा गर्ने भइसक्यौ तिमीहरुलाई बोरामा हालेर मारिदिन्छु भन्ने शब्द प्रयोग गरे । बिडम्बना स्थानीयहरुले मुखबाट आवाज निकाल्न सकेनन् ।  घटना घटेको केहीं दिनपछि विद्यालययमै विद्यार्थीहरुले हामीलाई किन कुट्ने भनेर स्पष्टिकरण माग्ने विद्यार्थीहरुको तयारी भयो । एकदुई जना शिक्षकहरुले विद्यार्थीहरुलाई भयो, सानो कुराको लागि यस्तो नगर भनेर विद्यार्थीको मुखमा मुवालो लगाए ।

घटना भएको करिब १९ दिन बित्यो । यत्रो दिन बितिसक्दा कोहीलाई केही थाहा छैन । यो घटना एक पात्र मात्र हो । जिल्लाका अधिकांश स्थानहरुमा यस्ता घटनाहरु घट्ने अनि त्यहिं स्थानमा विलीन हुने गरेका छन ।  शिक्षक रोकायको बिपन्न वर्गलाई उक्त धम्की दिने, तुच्छ शब्द प्रयोग कहिले सम्म गर्ने ?

पछिल्लो समय गाउँमा जाँडरक्सी सेवन गरेर गाउँको राजानै मै हुँ मलाई कसैले पनि केही गर्न सक्छ , भन्दै बाटोबाटोमा हिड्न थाले । आफु नेपाली बिषयको शिक्षक भएर नेपाली समाजको चित्रण गर्न नसक्ने रोकायमाथि गम्भीर प्रश्न खडा भएको छ ? मदिरा सेवन गरेर विद्यालयय प्रवेश गर्न पाइन्छ ? विनाकारण विद्यार्थीहरुलाई कुटपिट गर्न पाइन्छ ? अझै शिक्षक रोकायको एउटा अडान लिन पुगे । मलाई कसैले केहि गर्दैन, उनले यतिसम्म भने स्थानीय सरकार, यहाँका प्रशासन सबै मेरो मुठ्ठिमा छन भन्दै धम्की त्यहिनै रहयो । विद्यालययमा आफ्नै दम्ब देखाउँने शिक्षक रोकायलाई यतिबेला सम्म कसैले कारबाहीको दाहेरामा ल्याउन सकेन किन ?

शिक्षक रोकाय दीपेन्द्र माविका नि. प्रधानध्यापक समेत रहेका छन । उनी राहत शिक्षक हुन । १५ बर्ष देखिनै विद्यालययमा कार्यरत छु भन्ने दम्ब देखाउँछन । शिक्षक प्राय विद्यालयय भन्दा जाँडरक्सीमा मस्त हुने गरेको स्थानीयको गुनासो रहेको छ । यस्ता कर्तुतका सुचना स्थानीयले दिनपनि डराइरहेका छन । स्थानीय भन्छन- हाम्रो नाम गोप्य राखिदिनु होला ।

शिक्षक रोकायको यस्तो हर्कतले विद्यालययको शैक्षिक अबस्था पनि निकै कमजोर बन्ने अबस्था देखिएको स्थानीयको गुनासो रहेको छ । दीपेन्द्र माविका शिक्षक रोकाय मात्र होइन, गाउँपालिकाका अधिकांश शिक्षकहरुले यस्ता कार्य गर्दै आएका छन । बिडम्बना स्थानीय निकायहरु भने अनुगमनको बेखबर अबस्थामा रहेको स्थानीयले बताएका छन ।

कारबाही गर्छु- शिक्षा अधिकृत
यसै क्रममा शिक्षक रोकायको हर्कत देखेर शिक्षा बिकास शाखा बारेकोटका अधिकृत रामबहादुर मल्लले कारबाहीको दाहेरामा ल्याउने बताएका छन । अधिकृत मल्लले भने, “ रोकायको बिषयमा यतिकुरा थाहा नभएको अबस्थाले हो । विद्यार्थीमाथिको दुर्व्यवाहरलाई नजरमा राखेर रोकायलाई कारबाहीको दाहेरमा ल्याउने जानकारी गराए । उनले भने -आजनै यस्ता हर्कतको बिषयमा विद्यालयय र शिक्षक दीर्घराजलाई स्पष्टिकरण समेत मागेको अधिकृत मल्लले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ