arrow

अवैध समान बरामदपछि भन्सारमा पठाइयो

logo
रबिन्द्र यादव,  
प्रकाशित २०७७ माघ १२ सोमबार
Capture22.JPG

नवलपरासी । नवलपरासी पश्चिमका विभिन्न स्थानबाट प्रहरीले आइतबार ५ लाख ४ हजार ४ सय मुल्य बराबरको अवैध माल सामान बरामद गरेको छ ।

जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट उक्त मुल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । 

नेपालबाट भारततर्फ लैजाँदै गरेको ३८ बोरामा १९ क्वीन्टर मटर र ४ बोरामा ८० किलोग्राम मकै ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले बरामद गरेको हो ।

प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियाबाट बरामद गरिएका मटर र मकै १ लाख ५८ हजार ४ सय मुल्य बराबरको रहेको लामाले जानकारी दिएका छन् । 

यस्तै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ४६ थान सिलिक पर्दा र १९ रोल पोलिष्टर तन्नाको कपडा ईलाका प्रहरी कार्यालय बेलाटारीबाट बरामद गरेको हो । 

सुस्ता गाउँपालिका १ बाट बरामद गरिएका उक्त सामानहरु ३ लाख ४६ हजार मुल्य बराबर रहेको छ । बरामद गरिएका सम्पुर्ण सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

सन् २०१९ सेप्टेम्बरमा पनि सोही विद्रोही समूहको आक्रमणमा परेर ५० जना सरकारी सेनाको मृत्यु भएको थियो । इस्लाम र मुसलमान समुदायको बसोबास रहेको सो क्षेत्रमा जातीय हिंसाका कारण मुलुकले विभिन्न समस्या भोग्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ