arrow

बुधबार १२ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
corona-vaccine3.jpg

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप अभियान सुरु गरेका हुन् ।

टेकु अस्पतालमा विभिन्न व्यक्तिहरुले खोप लगाउँदै अभियानको सुरुवात गरेका हुन् । टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले समेत कोरोना भाइरविरुद्धको खोप लगाएका छन् ।


आज अहिले टेकुमा कोरोनाविरुद्धको खोप लगाउने उनी सबैभन्दा जेष्ठ नागरिक भएको बताइएको छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले निशुल्क दिएको हो ।

देशका विभिन्न १२० खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप आज १२ हजार जनामा लगाइने भएको छ । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ