arrow

पुर्वी नवलपरासीमा पहिलो चरणमा एक हजार २३ जनालाई खोप लगाइने

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ १४ बुधबार
vaccine-nawalparasi.jpg

कावासोती । पुर्वी नवलपरासीमा  कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बुधबार देखि सुरु भएको अभियानको पहिलो चरणमा १ हजार २३ जनालाई खोप लगाइने गरि अभियान सुरु गरिएको हो ।

मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डाक्टर गोपाल खनाललाई खोप लगाएर जिल्लामा  खोप अभियानको सुरुवात गरिएको हो ।

बुधबार देखि सुरु भएको खोप अभियान तीन चरण गरेर सन्चालन गरीने जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका प्रमुख केशव चापागाईंले बताए ।

पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई खोप लगाइने चापागाईंले बताए । चापागाईका अनुसार पहिलो चरणमा ३० जना एम्बुलेन्स चालक, १०० जना सरसफाइ कर्मी , १३७ जना निजि क्षेत्रका स्वास्थ्यकर्मी , ३५९ महिला स्वास्थ्य स्वयंसेविका , ३९७ जना सरकारी सेवाका स्वास्थ्यकर्मीलाई खोप लगाइने छ ।

बुधबार बाट सुरु गरिएको पहिलो चरणको खोप अभियान माघ १७ गते सम्म चल्ने बताईएको छ । पहिलो चरणको खोप अभियानका लागि जिल्लामा ११७० डोज खोप आएको र लगाउने क्रममा १० प्रतिशत खोप खेर जाने भए पनि पहिलो चरणमा नाम संकलन गरिएका सबैलाई खोप पुग्ने जिल्ला स्वास्थ्य प्रमुख चापागाईंले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ