arrow

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
accident2.jpg

कावासोती । पूर्वी नवलपरासीको दाउन्ने बजारमा बुधबार साँझ ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोही दिशातफै जाँदै गरेको से छ प ८६७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छ्न् । 

दुर्घटना गम्भीर घाइते बर्दघाट नगरपालिका वडा नं ९ पश्चिम नवलपरासी  बस्ने तुलसी कंडेल गम्भीर घाइते भएकी र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको गिरीले बताए । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ