- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसविरुद्ध नोभाभ्याक्सले बनाएको खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । बेलायतमा गरिएको एक ठूलो परीक्षणमा उक्त खोप कोरोना भाइरसको नयाँ स्वरुपविरुद्ध समेत प्रभावकारी देखिएको हो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले नयाँ खोपको स्वागत गरेका छन् । बेलायतले यो खोपको ६ करोड मात्रा सुरक्षित गरिसकेको छ ।औषधि र स्वास्थ्य सेवा नियामक एजेन्सीले स्वीकृत गरिसकेपछि यो वर्ष (सन् २०२१)को मध्यतिर उक्त मात्रा बेलायतले पाउँने जनाइएको छ ।
बेलायतले अहिलेसम्म एस्ट्राजेनेका, फाइजर र मोर्डनाको खोप स्वकृत गरिसकेको छ । नोभाभ्याक्स बेलायतमा १५ हजार जनामा परीक्षण गरिएको थियो ।१८ देखि ८४ वर्ष उमेरसमूहका मानिसमा गरिएको परीक्षणबाट खोप ८९ प्रतिशत प्रभावकारी देखिएको हो ।
त्यस्तै दक्षिण अफ्रिकी नयाँ स्वरुपको कोरोना भाइरसविरुद्ध पनि यो खोप ६० प्रतिशत सफल देखिएको छ ।