arrow

रमेशलाई बाबुले दिए दागबत्ती, कांग्रेस र तरुण दलले ओढाए झण्डा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
ramesh3.jpg

कञ्चनपुर । बुधबार पुर्वी नवलपरासीको दाउन्नेमा सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाल तरुण दल कञ्चनपुरका नेता रमेश अर्याल "प्रशन्न" को बिहिबार दाहसंस्कार गरिएको छ ।  ३३ वर्षिय अर्याल नेपाल तरुणदल कञ्चनपुर क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए । नेता अर्यालको पार्थिव शरीरमा नेपाली कांग्रेस र नेपाल तरुण दलले छुट्टाछुट्टै झण्डा ओढाएर सम्मान दिएको थियो ।

नेपाली कांग्रेस कञ्चनपुरका नेता एवं पुर्व साँसद दिवान सिंह बिष्टले तरुण नेता अर्यालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । त्यस्तै नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्द र तरुण दल क्षेत्रीय उपाध्यक्ष राम खड्काले उनको पार्थिव शरिरमा तरुण दलको झण्डा ओढाएर सम्मान गरेका थिए ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका अर्याल नेपाल तरुण दल क्षेत्र नम्बर एकको कोषाध्यक्ष थिए ।  तरुण नेता अर्यालको असमायिक र अकल्पनीय निधनले पार्टीले एउटा सच्चा कार्यकर्ता र तरुण नेता गुमाउन परेको एवं उनको सम्झना सदैव भइ रहने अन्तिम शवयात्रामा सामेल कांग्रेस नेता दिवानसिंह बिष्टले बताए ।

पार्टी र संगठनका लागी अहोरात्र खट्ने अर्यालको निधनले आफुलाई मर्माहित र संगठनमा अपुरणीय क्षेती पुगेको नेपाल तरुण दल क्षेत्रीय उपाध्यक्ष राम खडकाले बताए ।

स्वर्गीय तरुण नेता अर्यालका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन । तरुण नेता अर्यालको निधनले यतिबेला पुरै गाउँ नै शोकमा डुबेको छ । तरुण दलका कोषाध्यक्ष स्वर्गीय रमेश अर्याललाई उनका बुबा बिष्णु अर्यालले दागबत्ती दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ