arrow

संवैधानिक आयोगमा गरिएका नियुक्ति र शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
suprem-court.jpeg

काठमाडौं। संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा गरेका नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषद्ले गरेका नियुक्ति र उनीहरूको शपथ रोक्न माग गर्दै मङ्गलवार रिट निवेदन दर्ता गराएका हुन । 

अधिवक्ता त्रिपाठीले राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार, प्रधानमन्त्री  तथा मन्त्रीपरिषद्को कार्यालयलाई रिटमा विपक्षी बनाएका छन् । परिषद्को बैठकमा गणपूरक संख्याको अभाव भएपछि गत ३० मंसिरमा अध्यादेश ल्याएर परिषद् बैठक बसेको थियो भने रिक्त ११ आयोगमा ३८ पदाधिकारी नियुक्त गरिएको थियो । 

वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा विभिन्न ११ आयोगका ३८ जनालाई संसदीय सुनुवाइ विना नै शपथ ग्रहण तथा नियुक्ति गर्न सक्ने सम्भावना रहेकोले रिट दर्ता गरेको उल्लेख गरेका छन् ।  

‘हाल संसदीय सुनुवाइ विना नै मिति २०७७/८/३० को निर्णय बमोजिम विभिन्न ११ आयोगका ३८ जना पदाधिकारी एव सदस्यहरूलाई शपथ ग्रहण तथा  नियुक्ति प्रदान  गर्न सक्ने प्रबल संभावना रहेकोले मिति ०७७/८/३० गतेको निर्णय कार्यान्वयन गर्न रोकी पाउन एवम् उक्त निर्णय बदर गराउन अन्य वैकल्पिक उपचारको अभावमा सम्मानित अदालत समक्ष संविधानको धारा ४६,  १३३ (२) (३) बमोजिम उपस्थित भएको छु’ त्रिपाठीले पेस गरेको रिटमा भनिएको छ, ‘संवैधानिक परिषद्को मिति २०७७/८/३० गतेको सिफारिस वा निर्णय निम्न आधार तथा कारणले गैर संवैधानिक, कानुन विपरीत तथा बदनियत तथा धोखाधड़ीपूर्ण भएकोले बदर भागी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ