arrow

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चौलागाईँ नियन्त्रणमा

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
arrest-final.jpeg

काठमाडौँ । श्री सरस्वती माध्यमिक विद्यालय मेलम्ची नगरपालिका १ भोटचौर सिन्धुपाल्चोकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमुरारी चौलागाईँ पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित जोरपाटी सहकारीबाट उनलाई मंगलबार पक्राउ गरेको हो । 

चौलागाईँ सो सहकारीका प्रबन्धक रहेको वृत्तले जनाएको छ । भोटेचौरकै शिवपुरी आधारभूत विद्यालयमा नगरपालिका शिक्षा शाखाबाट नियमानुसार सरुवा भई आएकी शिक्षिका सरस्वती चौलागाईँलाई हाजिर नगराई अभद्र व्यवहार गरेको उजुरीका आधारमा चौलागाईँलाई पक्राउ गरिएको वृत्त प्रमुख नविन कार्कीले बताए । 

चौलागाईँ र वडाध्यक्ष कृष्णप्रसाद चौलागाईँको मिलेमतोमा शिक्षिकालाई गत माघ ११ गते विद्यालयमा हाजिर गर्न लागेका बेला हाजिर कापी खोसेर दुर्व्यवहार गरिएको पीडितको उजुरीका आधारमा चौलागाईँ पक्राउ परेका हुन् ।

चौलागाईँद्धयले विद्यालयका १५ जना अभिभावकलाई उठाएर शिक्षिकामाथि दुर्व्यवहार गराएको समेत आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ