- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्व विद्यालय र एसट्राजेनेकाले बनाएको खोपले कोरोना भाइरसको संक्रमण पनि कम गर्ने देखिएको छ ।बेलायती स्वास्थ्य सचिव म्याट ह्यान्ककले महामारीलाई रोक्न खोपले काम गर्ने अध्ययनले देखाएको बताएका छन् ।
बेलायतमा अहिले खोपको पहिलो डोज झण्डै ९६ लाख मानिसलाई दिइसकिएको छ । प्रकाशित हुन बाँकी एक अध्ययनमा उल्लेख भए अनुसार खोपले संक्रमण रोक्न पर्याप्त काम गर्न सक्ने देखिइएको हो ।
यसको अर्थकी खोप लगाएको व्यक्तिबाट अन्य व्यक्तिमा भाइरसको संक्रमण हुने छैन । यसले महामारीलाई जित्न सक्ने सम्भावना देखिएको स्वास्थ्य सचिवले ह्यान्नकले बताएका छन् ।
७९ प्रतिशत प्रभावकारी देखिएको एस्ट्रोजेनेकाको खोप बेलायतले धेरै भन्दा धेरै मानिसलाई पहिलो डोज भए पनि दिइरहेको छ । अन्य मुलुकमा निश्चित समयावधिमा पहिलो र दोस्रो डोज दिइदैछ ।
तर, बेलायतले दोस्रो डोजमा ढिलाइ भए पनि धेरैभन्दा धेरै मानिसलाई पहिलो डोज दिइरहेको छ । दोस्रो डोज लगाउँदासम्म एस्ट्राजेनेकाको खोपको रक्षात्मक क्षमता ८२ प्रतिशत पुगेको पाइएको छ । पहिलो डोजले पनि प्रतिरक्षा बढाउने हुँदा बेलायतले यस्तो गरिरहेको हो ।