- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजासहित पक्राउ परेका दुई जनालाई बुधवार प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवा गडी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।
नकुटाबाट को१च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।