arrow

पुर्वी नवलपरासीमा बन्द, बन्दकर्ताहरु समूह बनाएर सडकमा

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ २२ बिहिबार
nawalparasi-east.JPG

कावासोती । नेकपा प्रचण्ड-नेपाल समूहले घोषणा गरेको  बन्दको प्रभाव पूर्वी नवलपरासीमा पनि परेको छ ।

बन्दको कारण जिल्ला भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । शैक्षिक सङ्घ संस्थाहरू पूर्ण रूपमा बन्द भएका छन् भने जिल्लाका मुख्य बजारका पसलहरू छिटपुट रूपमा खुलेका छन् ।

बन्धकर्ताहरू जिल्लाको गैँडाकोट , अमर पुरी ,दलदले , डण्डा , चोरमारा लगायतका स्थानमा बन्धकर्ताहरू समूह बनाएर सडकमा बसेका छन् ।

बन्द कर्ता सडकमा निस्किए पछि जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । जिल्लामा अहिलेसम्म अवस्था सामान्य रहेको र कसैलाई नियन्त्रणमा नलिएको गिरीले बताए ।

प्रधानमन्त्री केपी ओलीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै सडक आन्दोलनमा रहेको नेकपाको प्रचण्ड-नेपाल समूहले सरकारले संवैधानिक निकायहरूको नियुक्तिमा बलमिच्याइँ गरेको भन्दै बिहीबार देशव्यापी आम हडतालको घोषणा गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ