- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विभिन्न संवैधानिक आयोगमा असंवैधानिक नियुक्तिसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत मंगलबार संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति रोक्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
तर मंगलबार त्यो रिट दर्ता नै भएन । बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफैले संवैधानिक आयोगका पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । प्रधानन्यायाधीशले खुवाए शपथ
त्रिपाठी भन्छन्, ‘मैले मंगलबार दर्ता गर्न दिएको निवेदन दर्ता गरिएन । बुधबार पनि ५ बजेपछिमात्र दर्ता भयो ।’
उनले मंगलबार नियुक्ति बदर गरी शपथग्रहण नगराउन माग गरेका थिए भने बुधबार नियुक्ति बदर गरी काम गराउन रोक्नका लागि माग गरेका छन् ।
त्यसको सुनुवाइ हुन लागेको त्रिपाठीले बताए ।