arrow

भारतमा जो रुटको कीर्तिमान 

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
joe-root.jpg

काठमाडौं । भारतमा भइरहेको टेष्ट क्रिकेटमा इङ्गल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । कप्तान जो रुटले भारतमा विभिन्न व्यक्तिगत कीर्तिमान जोडेपछि इङ्गल्याण्ड बलियो बनेको हो । 

रुटले भारतीय भूमिमा टेष्टमा १० वर्षको अवधिमा पहिलो दोहोरो शतक बनाउने कीर्तिमान रचेका छन् । त्यस्तै सयौं टेष्ट खेलिरहेका रुट ९८ औं, ९९ औं र सयौं खेलमा शतक बनाउने कीर्तिमान रचेका छन् । 

चेन्नईमा जारी टेस्टको दोस्रो दिनको खेल सकिँदा शनिबार इङ्गल्याण्डले ८ विकेट गुमाएर ५ सय ५५ रन बनाएको छ ।

रुटले २ सय १८ रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै डम सिब्लीले ८७ रन जोड्दा बेन स्टोक्सले ८२ रन बनाए ।

डम बेस २८ रनमा अविजित रहेका छन् । भारतका लागि इशान्त शर्मा, जस्प्रित बुम्राह, रविचन्द्र आश्विन र साहबाज नदीमले २–२ विकेट लिए ।

कमजोर बलिङ गरेपछि इङ्गल्याण्ड हावी भएको हो । भारत भ्रमणमा रहेको इङ्गल्याण्डले ४ टेष्टको सिरिज, ५ खेलको टी–२० र ३ खेलको एक दिवसीय सिरिज खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ