arrow

भारत खुशी फर्काउने प्रयासमा, इङ्गल्याण्डसँग पहिलो इनिङमा २४१ रनले पछि 

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
birat-ashwin.jpg

काठमाडौं । भारत र इङ्गल्याण्ड बीचको पहिलो टेष्ट क्रिकेटमा भारतले कमजोर प्रदर्शन गरेको छ । भारत पहिलो इनिङमा २४१ रनले पछि परेको छ । 

चेन्नईको घरेलु मेदानमा भारतले पहिलो इनिङमा ३३७ रनमात्र बनाउन सकेपछि इङ्गल्याण्डले २४१ रनको फराकिलो अग्रता बनाएको हो । भारतका लागि विकेटविकपर ब्याट्सम्यान रिशभ पन्तले ९१ तथा वासिङटन सुन्दरले ८५ रन बनाए । चेतेश्वर पुजाराले ७३ रन बनाए । 

इङ्गल्याण्डका डोम बेसले ४ तथा जेम्स एन्डरसन, जोफ्रा आर्चर तथा ज्याक लिचले २–२ विकेट लिए । 

यसअघि इङ्गल्याण्डले जो रुटको कीर्तिमानी २१८ रनको मद्धतले ५७८ रन बनाएको थियो । डोम सिब्लेले ८७ तथा बेन स्टोक्सले ८२ रन बनाए । 

भारतका रविचन्द्रन आश्विन र जसप्रित बुमराहले ३–३ तथा इशान्त शर्मा र शभबाज नदीमले २–२ विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रेको इङ्गल्याण्डले दोस्रो इनिङमा भने खराब शुरुआत गरेको छ । इङ्गल्याण्डले चौथो दिनको खाना समयसम्म १ विकेटको नोक्सानीमा १ रन बनाएको छ । 

२ ओभर खेल्दा १ विकेट गुमाएर १ रन थपेको हो । रविचन्द्रनले पहिलो बलमै ओपनर रोरी बर्नसलाई डकआउट गरेका हुन् । इङ्गल्याण्डलाई दबाबमा राख्न सक्ने हो भने खेलमा नतिजा आउने सम्भावना छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ