arrow

पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरको आरोपपछि फोकल पर्सन ओलीद्वारा राजीनामा

logo
सौरभ गिरी
प्रकाशित २०७७ माघ २७ मंगलबार
tej_oli.jpg

नेपालगन्ज । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

पत्रकारहरुको लागि लगाइने कोरोना खोपको विषयलाई लिएर फोकल पर्सन ओलीले मंगलबार आफ्नो फेसबुकमार्फत राजीनामा दिएको जानकारी गराएका छन् । आफ्नो ज्यानको बेवास्ता गर्दै कोरोना महामारीमा अहोरात्र खटिएर सेवा गर्दागर्दै आफुलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकारलाई कोरोना खोप लगाउन रोक लगाएको आरोप लगाइएपछि फोकल पर्सन ओलीले राजीनामा दिएको जानकारी गराएका हुन् ।

डिसीसीएम्सी बाँकेले पत्रकारहरुलाई कोरोना खोप लगाउने निर्णय गरेपछी फोकल पर्सन ओलीले बाँकेका सबै पत्रकारहरुलाई शुक्रवारदेखि भेरी अस्पतालमा कोरोना खोप लगाउने जानकारी दिएका थिए ।

तर, त्यसको केही घन्टा बित्न नपाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रको पालना गर्दै स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन हाललाई नमिल्ने जानकारी गराएको ओलीले बताए ।

आफुले निस्वार्थ कार्य गर्दा गर्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले डिसीसीएम्सी बन्द गर्ने वा फोकल पर्सनबाट राजीनामा दिने र विभिन्न तीन पुस्ते पत्ता लगाउछु भनी धम्की दिएपछि मैंले डिसीसीएम्सी जस्तो गरिमामय संस्थालाई बचाउनलाई उनले राजीनामा दिएको बताए ।

एउटा पत्रकार महासंघको गरिमामय पदमा बसेको ब्यक्तिले नेपाल सरकारको निर्देशन पालना गरिरहेको कर्मचारीलाई यसरी सामाजिक संजाल अभद्र व्यबहार गर्नु नीति बिपरित रहेको ओलीले भने।

अरुको सेवा गर्दागर्दै आफू पनि कोरोना संक्रमित भएका ओलीले कोरोना महामारी सुरुभएदेखि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन ब्यवस्थापकको रुपमा कार्य गरिसकेका हुन् ।



नयाँ