arrow

मङ्गल ग्रहको अक्षमा युएईको अन्तरिक्ष यान

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
arab-mangal.png

काठमाडौँ । अरब मुलुकहरूमध्येमै पहिलो पटक संयुक्त अरब एमिरेट्स (युएई)को अन्तरिक्ष यान मङ्गल ग्रहको अक्षमा पुगेको छ ।

झन्डै २० करोड अमेरिकी डलरको मिसनका रूपमा रहेको यो मिसनलाई 'होप' (आसा) नाम दिइएको थियो ।

योसँगै मङ्गल ग्रहको अक्षमा अन्तरिक्ष यान पुर्‍याउने युएई पाँचौँ मुलुक बनेको छ । यसअघि भारत, युरोपेली स्पेस एजेन्सी, नासा र सोभियत युनियनले मङ्गल ग्रहको अक्षमा आफ्नो यान पठाइ सकेका छन् ।

सन् २०१० को जुलाई १९ मा यो यान जापानको एच-आइआइए रकेटबाट प्रक्षेपण गरिएको थियो । मङ्गल ग्रहको गुरुत्वाकर्षणसँग समन्वय गरेर मङ्गल ग्रहको परिक्रमा गर्न सक्षम हुन यो यानलाई समय लागेको थियो ।

यो यानले ५५ घण्टामा एक पटक मङ्गल ग्रहको परिक्रमा गर्ने छ भने, मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको ६८७ दिन)सम्मका लागि त्यहाँ रहने तय गरिएको छ । यसले मङ्गल ग्रहको वायुमण्डलीय प्रणालीकारबारेमा अध्ययन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ